राजनीति

कर्णाली प्रदेशसभाको कार्यसूचीसहित बैठक तय, यस्ता छन् सूची

कर्णाली प्रदेशसभाको कार्यसूचीसहित बैठक तय, यस्ता छन् सूची

कर्णाली प्रदेशसभाको बैठक आह्वान गरिएको छ।

 

चैत्र १६ गते शुक्रबार दिउसो १ बजेका लागि बैठक डाकिएकाे गरिएको प्रदेशसभा सचिवालयका सचिव राकेश पौडेलले जानकारी दिए।

 

बैठकका लागि करिब एक साताको समय बाँकी रहेकाले सुर्खेत बाहिर रहेका सबै सांसदलाई बैठकबारे जानकारी गराइसकेको प्रदेश संसद सचिवालयले जनाएको छ।

 

यसअघि संसदले बिजनेस नपाएको भन्ने गुनासो आएको थियो।

 

प्रदेश सरकारले आर्थिक कार्यविधि विधेयक संसद सचिवालयमा दर्ता गरिसकेको छ। अन्य विधेयक संसद सचिवालयमा दर्ता गर्ने तयारीमा सरकार छ।

 

यसअघि नै प्रदेश सरकारले सबै मन्त्रालयलाई आवश्यक कार्ययोजना र विधेयकको तयारी गर्न निर्देशन दिइसकेको छ।

 

बैठकमा फागुन २३ गते सभामुख राजबहादुर शाहीलाई बुझाएको कर्णाली प्रदेशसभा नियमावली २०७४ समेत संसदमा पेश हुनेछ। सांसद सीता नेपालीको संयोजकत्वमा गठित समितिले मस्यौदा प्रतिवेदन तयार गरेको थियो।

 

बैठकमा कर्णाली प्रदेशसभा नियमावली २०७४ र आर्थिक कार्यविधि २०७४ पेश हुनेछन्। १५ गते बस्ने संसद सचिवायलको बैठकले संसद बैठकमा पेश हुने कार्यसू्ची तयार गर्ने संसद सचिवालयले जनाएको छ। फागुन १५ गतेदेखि संसद बैठक स्थगित भएको थियो।

 

विशेष