राजनीति मुख्य समाचार

अर्याल र मैनाली प्रधानमन्त्रीका सल्लाहकारमा नियुक्त, दुवैलार्इ राज्यमन्त्री सरहकाे सुविधा

अर्याल र मैनाली प्रधानमन्त्रीका सल्लाहकारमा नियुक्त, दुवैलार्इ राज्यमन्त्री सरहकाे सुविधा

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार कुन्दन अर्याल र अच्युत मैनालीलाई सल्लाहकारमा नियुक्त गरेका छन् ।

 

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई प्रेस सल्लाकार र मैनालीलाई प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो ।

 

अर्याल त्रिभुवन विश्वविद्याल पत्रकारिता तथा अामसञ्चार केन्द्रीय विभागका उपप्राध्यापकमा कार्यरत छन् । उनी यसअघि नेपाल टेलिभिजनकाे कार्यकारी अध्यक्ष र महाप्रबन्धक पनि भएका थिए । अर्याल लामो समयदेखि पत्रकारितासँगै एनजिओ/आईएनजिओमा सक्रिय व्यक्तिसमेत हुन् ।

 

मैनाली बारा क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार भएर पराजित भएका थिए ।

 

दुवै सल्लाहकारलार्इ राज्यमन्त्री सरहकाे सुबिधा पाउने गरी सल्लाहकारमा नियुक्त गरिएको हो । 

विशेष