राजनीति

कांग्रेसले भन्याे, इयुले अधिकार क्षेत्र नाघ्याे, निर्वाचन प्रतिवेदन आपत्तिजनक

कांग्रेसले भन्याे, इयुले अधिकार क्षेत्र नाघ्याे, निर्वाचन प्रतिवेदन आपत्तिजनक

काठमाडौँ । प्रमुख विपक्षी दल नेपाली काँग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा युरोपियन युनियन (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलको प्रतिवेदनमाथि छलफल भएको छ ।

 

आजको बैठकमा केन्द्रीय सदस्य रमेश लेखकले इयु निर्वाचन प्रर्यवेक्षण प्रतिनिधिमण्डलमाथि काँग्रेसले आधिकारीक धारणा सार्वजनिक गर्नुपर्ने बताएका थिए । इयु निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गरेको पर्यवेक्षणका सम्बन्धमा प्रतिवेदन केही दिन अघि सार्वजनिक गरेको थियो ।

 

उक्त प्रतिवेदनका केही बुँदाले नेपालको संविधानका प्रावधानका बारेमा नकारात्मक टिप्पणी गरेको भन्दै आलोचना भइरहेको छ ।

 

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बैठक सम्पन्न भएसँगै पार्टीले त्यसबारेमा आधिकारीक धारणा सार्वजनिक गरिने जानकारी गराए ।

 

उनले इयु प्रतिनिधिमण्डलको प्रतिवेदनका केही अंशप्रति आपत्ति जनाउँदै क्षेत्राधिकार नाघेर प्रतिवेदन आएको आरोप लगाए । तेस्रो दिनको आजको बैठकमा गोविन्द भट्टराई, रमेश लेखक, डा डिला संग्रौला र लक्ष्मी परियारले धारणा राखेका थिए ।

 

प्रतिनिधिसभाको बैठकका कारण आजको काँग्रेस बैठक स्थगित भई पुनः अपराह्न बस्ने बताइएको छ ।

विशेष