प्रदेश ४ मन्त्रिपरिषद्ले पायाे पूर्णता
प्रदेश नम्बर ४ मा मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।
सोमबार तीन जना मन्त्री थपिएसँगै मन्त्रिमण्डल पूर्ण भएको हो। प्रदेशसभाको निर्वाचनपछि प्रदेश मुख्यमन्त्रीको दौडमा रहेका किरण गुरुङ अर्थ तथा योजना मन्त्री भएका छन्। त्यस्तै, उद्योग एवं पर्यटन मन्त्रीमा पर्वतका सांसद विकास लम्साल र सामाजिक विकास मन्त्रीमा नरदेवी पुन नियुक्त भएका छन्।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले सोमबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन्। यसअघि आन्तरिक मामिला तथा कानुनमा हरिबहादुर चुमान, भौतिक पूर्वाधार तथा विकासमा रामशरण बस्नेत, भूमि व्यवस्था तथा कृषि सहकारीमा लेखबहादुर थापा नियुक्त भएका थिए।
सो प्रदेशमा ६ वटा मन्त्रालय रहेका छन्।