नेता श्रेष्ठले कार्यक्रममा मुर्दावाद भन्दै नारा लगाएपछि....... (भिडियो)
काठमाडाैं । नेकपा एमालेका नेता एवं प्रतिनिधिसभा सांसद कृष्ण गोपाल श्रेष्ठले माओवादी केन्द्रसँगको एकतापछि बन्ने कम्युनिस्ट पार्टीले गुट उपगुट नभर्इ सबै नेता कार्यकर्ताकाे विचारलार्इ सम्मान गरेर जानुपर्ने बताएका छन् ।
प्रवासी नेपाली संघ भारतले आयोजना गरेको कार्यक्रममा उनले सबै नेता कार्यकताहरुलाई बालकोट, कोटेश्वर, स्यम्भूमा नगएर एमाले पार्टी कार्यालय धुम्बाराहीमा आएर आफूसँग भेट गर्न सुझाव दिएका हुन् ।
नेता श्रेष्ठले ठूला नेताको घर–घर धाउने प्रवृत्तिले पार्टीभित्र विकराल समस्या निम्त्याउने बताए । यस्तो प्रवृत्तिको विरोध गदै उनले कार्यक्रमा मुर्दावादसम्मको नारा लगाएका थिए । प्रमुख नेताहरुले सबै नेता कार्यकताको भावना र विचारको सम्मान गरेर अघि बढनुपर्नेमा जोड दिए ।
एमाले–माओवादीले पार्टी एकता गरेर सभ्य कम्युनिस्ट पार्टी निर्माण गरे आफूहरु जुनसुकै स्थानमा बस्न तयार रहेका उनले बताए ।
एमालेमा मन्त्री छनोटका क्रममा देखिएको विवादबारे नेता श्रेष्ठ भन्छन्, ‘मन्त्री को भए को भएन भन्दा पनि भएकाहरुले राम्रो काम गरे हामी कुनै विमति राख्दैनाैं, भाषण गर्ने समय सकिएकाे छ मन्त्रीहरुले काम गर्नुपर्ने बेला आएको छ ।'
कृष्ण गोपाल श्रेष्ठ