राजनीति

प्रधानमन्त्रीले कुटनीतिज्ञहरुसँग भने- स्वतन्त्रता र सार्वभौमिकताबारे कुनै सम्झौता हुँदैन र हुनेछैन

प्रधानमन्त्रीले कुटनीतिज्ञहरुसँग भने- स्वतन्त्रता र सार्वभौमिकताबारे कुनै सम्झौता हुँदैन र हुनेछैन

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुखहरुसँग छलफल गरेका छन् । छलफलका लागि प्रधानमन्त्री ओलीले आज नेपालस्थित कूटनीतिक नियोगका प्रमुख र विकास साझेदारहरुलाई बालुवाटारमा बोलाएका थिए ।

 

छलफलका क्रममा प्रधानमन्त्रीले मुलुकको स्वतन्त्रता र सार्वभौमिताबारे कुनै सम्झौता हुन नसक्ने बताएका छन् । छलफलका क्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने– “लामो र गौरवपूर्ण स्वतन्त्र तथा सार्वभौम इतिहासप्रति हामी नेपाली गर्व गछौं ।”

 

‘हाम्रो समाजमा हिंसाको स्थान छैन । सामाजिक एकता र सद्भाव बिगार्न विभिन्न पक्षबाट प्रयास हुनसक्छ,’ प्रधानमन्त्रीले भने, ‘ हामीलाई विभाजित पार्न खोज्ने र अस्थीरता निम्त्याउने तत्वलाई हराउन हामी एक भएर लाग्नेछौं ।’

 

प्रधानमन्त्री ओलीले पछिल्लो दशकमा नेपाली समाज राजनीतिक र सामाजिक रुपमा तीव्र रुपान्तरण भएको बताए ।

 

हरेक निर्वाचित निकायमा ४१ प्रतिशत महिला सहभागिता भएको सुनाउन पाउँदा आफूलाई गर्व लागेको प्रधानमन्त्रीले बताए । उनले भने– “नेपालले ठूलो मूल्य चुकाएर अहिलेको राजनीतिक उपलब्धी हाँसिल गरेको हो । यसमा सबै खुशी हुनुपर्छ ।”

विशेष