राजनीति

प्रदेश ५ मा नयाँ शक्तिकाे वैकल्पिक सरकार गठन

प्रदेश ५ मा नयाँ शक्तिकाे वैकल्पिक सरकार गठन

नयाँ शक्ति पार्टी नेपालले प्रदेश ५ मा वैकल्पिक सरकार गठन गरेको छ ।

 

बाँकेको नेपालगञ्जमा सम्पन्न बैठकले आम नागरिकका समस्यालाई सहज ढंगले समाधान गर्ने भन्दै समानान्तर सरकारका रुपमा वैकल्पिक सरकार गठन गरेको हो ।


सरकारको प्रमुखमा कर्णध्वज केसीलाई चयन गरेको छ । बैठकबाटै ६ सदस्यीय मन्त्रिपरिषदसमेत गठन गरिएको छ ।

 

वैकल्पिक सरकारका मन्त्रालयका रुपमा नयाँ शक्ति पार्टीले विभिन्न विभाग गठन गरेको छ । जसमा आन्तरिक मामिला तथा कानून विभाग प्रमुखमा चिनक कुर्मी, भूमि व्यवस्था तथा कृषि सहकारी विभागमा राजु नेपाली छन् ।

 

यस्तै उद्योग, पर्यटन तथा वातावरण विभाग प्रमुखमा वेद प्रकाश आचार्य, सामाजिक विकास विभाग प्रमुखमा सीमा बिक र भौतिक पूर्वाधार विकास विभागमा रामलौटन तिवारीलाई नियुक्त गरिएको नयाँ शक्ति पार्टी नेपाल प्रदेश ५ ले जानकारी दिएकाे छ ।

विशेष