राजनीति

'कुनै विशेष नेता हैन, पार्टी जाेगाउन लागिपरेका हाैं' : प्रकाशमानसिंह श्रेष्ठ

'कुनै विशेष नेता हैन, पार्टी जाेगाउन लागिपरेका हाैं' : प्रकाशमानसिंह श्रेष्ठ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कुनै विशेष नेताभन्दा पनि कांग्रेस पार्टीलाई जोगाउन आफूहरु लागिपरेको बताएका छन् ।

 

बाँके जिल्ला नेपाल प्रेस युनियनद्धारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा नेता सिंहले अब नेपाली कांग्रेसलाई विधानसम्मत ढंगले चलाउनुपर्ने चुनौती रहेको बताउँदै अहिले पार्टी विधिसम्मत तरिकाले नचलेकाले यो दुर्गति ब्यहोर्नुपरेको बताए ।

 

यसका लागि सबै मिल्नुपर्ने उनको विचार थियो । पत्रकार भेटघाटमा केवल बोल्नको लागि मात्र बोल्ने होइन सही अर्थमा पार्टीलाई बलियो बनाउन विधिसम्मत लैजान आफूहरु लागिपरेको बताए ।

 

पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश व्यक्त गर्दै सिंहले पार्टी सभापतिले विधानको मतलब नगरी आफ्नो नजिकको व्यक्तिलाई संरक्षण गर्दै आएको आरोप लगाए ।

 

वाम गठबन्धनको साम्यावादी व्यवस्था ल्याउन उद्घोष गरेको अवस्थामा सर्वोच्च अदालतको पछिल्लो घटना र प्रधानमन्त्री केपी शर्मा ओलीले सबै अधिकार आफूकहाँ ल्याएकोमा त्रास उत्पन्न गराएको उनले बताए ।

 

कुनै पनि अधिनायकवादी व्यवस्था सित कांग्रेस नझुक्ने भन्दै गुण र दोषको आधारमा सरकारको समर्थन र बिरोध रहने बताए ।

 

हाल केन्द्रीय समिति बैठक जारी रहेकाले चुनावी समीक्षाका अतिरिक्त पार्टी सुधारको लागि विधिवत महत्त्वपूर्ण निर्णय हुने समेत बताए ।

 

नेपाल ट्रेड युनियन बाँकेको जिल्ला अधिवेशनमा मा सहभागि हुन नेता सिह बुधबार विहान बाँके पुगेका हुन् ।

विशेष