ओली र प्रचण्डलाई विप्लवको चेतावनीः १५ दिनभित्र रोल्पामा हाजिर नभए कारवाही गर्छौँ
रोल्पामा उपस्थित हुन ओली र प्रचण्डलाई विप्लवको १५ दिने अल्टिमेटम
रोल्पा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय जनअदालत रोल्पाले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई रोल्पामा हाजिर हुन आदेश दिएको छ ।
दुई नेताको नाममा उक्त पार्टीले एक विज्ञप्ति जारी गर्दै १५ दिनभित्र आफूहरुको जनअदालतमा हाजिर हुन आदेश दिएको हो । समयमै हाजिर नभएको खण्डमा गम्भीर कारवाही गर्ने उक्त पार्टीले चेतावनी दिएको छ ।
प्रधानमन्त्री ओलीलाई राष्ट्रघाती निर्णय गरेको र प्रचण्डले जनयुद्धलाई धोका दिएको आरोप नेकपाले लगाएको छ । नेकपाका एक नेता प्रकाशको नाममा जारी उक्त विज्ञप्ति बुधबार जारी भएको हो ।