राजनीति मुख्य समाचार

प्रदेश ७ का मुख्य न्यायाधिबक्ता कुलानन्दले शपथ लिए

प्रदेश ७ का मुख्य न्यायाधिबक्ता कुलानन्दले शपथ लिए

धनगढी । प्रदेश ७ का मुख्य न्यायाधिबक्ता कुलानन्द उपाध्यायले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् ।

 

प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा उच्च अदालत दिपायलका मुख्य न्यायाधीश यज्ञप्रसाद बस्यालले उपाध्यायलाई सपथग्रहण गराएका हुन् । उपाध्याय नेपाल बार एशोसिएसनका निवर्तमान केन्द्रीय उपाध्यक्ष हुन ।

 


गत फागुन २३ गते प्रदेश ७ को मन्त्रिपरिषदको तेश्रो बैठकले मुख्य न्यायाधिबक्तामा उपाध्यायलाई सिफारिस गरेको थियो । सोही सिफारिस अनुसार बुधबार उपाध्यायलाई सपथग्रहण गराइएको प्रदेश प्रमुखको कार्यालयले जानकारी दिएको छ ।

 


सपथग्रहण कार्यक्रममा प्रदेश ७ का प्रदेश प्रमुख मोहनराज मल्ल, मुख्य मन्त्री त्रिलोचन भट्ट लगायत प्रदेशका मन्त्रीहरु र मन्त्रालयका सचिवहरुको उपस्थिति रहेको थियो ।

विशेष