सरकार युवाहरुलाई स्वदेशमै रोजगारी दिने गृहकार्यमा छः मन्त्री मगर
रौतहट । खानेपानी मन्त्री बिना मगरले जनताको आधारभूत आवश्यक्ता पूरा गर्न बाम गठबन्धनको सरकार निर्माण भएको बताएकी छन् । जनताको आधारभूत आवश्यक्ता पूरा गरेर देशलाई सम्बृद्ध बनाउने काम बाम शक्तिले गर्ने बताउँदै मन्त्री मगरले नेपाली जनताले संसदीय र बिधानसभा निर्वाचनमा झण्डै दुईतिहाई बहुमतले जिताएको उनले प्रस्ट पारिन् ।
रौतहटको कटहरिया नगरपालिकास्थित खानेपानी तथा ढल निकासको शिलान्यास पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही समयभित्रै एमाले र माओवादी बिधिवत एउटै पार्टी हुने दाबी समेत गरिन् ।
बिदेशिएका लाखौं युवा जनशक्तिलाई नेपालमै रोजगारी दिने अवसर जुटाउन सरकार गृहकार्यमा लागिरहेको खुलासा समेत उनले गरिन् खानेपानीको क्षेत्रमा अहिले २२ जिल्लामा बिषेश कार्यक्रम लागू भएको बताउदै उनले मेलम्चीको पानी काठमाडौंसम्म पुर्याउन द्रूतगतिमा काम अघि बढिरहेको बताईन् ।
सांसद प्रभु शाहले मानव सुचकांकमा देशमै पुच्छारमा रहेका जिल्ला रौतहटलाई अगाडी बढाउन सरकारको पहिलो दायित्व ररहेको बताए ।