नेपाल सरकारलाई अमेरिका बस्ने नेपालीको गुनासोः हामी कसरी भइयो भूपू नेपाली ? (भिडियो)
संविधान विपरित गाई काट्ने कुरा कसैले गर्न पाउँदैन
काठमाडौं । लामो समय विद्यार्थी राजनीतिमा सक्रिय युवा नेता दीपक हुमागाईँ पछिल्लो केही वर्षयता परिवारका साथ अमेरिका बस्दैआएका छन् ।
नेपालआजकर्मी नेत्र पौडेलसँगकाे अन्तर्वार्तामा उनले नेपालको राजनीतिक प्रबृत्तिमाथि टिप्पणी गरे । माओवादी युद्ध, शान्ति प्रक्रिया, संविधान निर्माण, विकास निर्माण र समृद्धिबारे उनले आफ्ना अनुभवसहित टिप्पणी पनि गरेका छन् ।
हुमागाईंले नेपाली राजनीतिमा पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईको आगमनका कारण आफूले नेपाल छोड्नुु परेको बताएका छन् । देशका लागि १० वर्षे जनयुद्धमा १७ हजार जनताको बलिदान दिएर आएको पार्टी विदेशीको सहायतामा वार्ता गर्नु नै युक्तिसंगत नभएको उनको धारणा छ ।
‘प्रचण्ड र बाबुराजी १० वर्ष जनयुद्ध गरेर आउनु भएको हो भने उहाँहरु प्रत्यक्ष सरकारसँग वार्ता गर्नु पर्दथ्यो’ उनले भने, ‘उहाँहरु गएर इण्डियाको टेबुलमा बसेर बार्ता गरेर आउनुहुन्छ भने नेपाल बनाउने हिसावले आउनुभएको होइन ।’
उनका अनुसार माओवादीले मिडिएटर नराखी आफ्नै सरकारसँग प्रत्यक्ष वार्ता गर्नुपर्ने बताए । मिडिएटर सहित सम्झौता गरेर आउनु देश बनाउन नभएको बुझाइ छ ।
माओवादीले प्रत्यक्ष वार्ता नगरेर भारतलाई मिडिएटर राखेपछि नै गल्ती गरेको उनी बताउँछन् । कसैले मिडिएटरको काम गर्छ भने उसले केही न केही स्वार्थ राखेकै हुने उनको ठम्याइ छ ।
विकासका लागि ‘डिक्टेटरशीप’
विकास र समृद्धिका लागि असल तानाशाही शासन व्यवस्थाको खाँचो रहेको पनि उनको धारणा छ । नेपालमा पछिल्लो समय भौतिक विकास मन्द गतिमा भएको उनले बताए ।
यद्यपि नेपालको विदेश नीति र राजनीतिक चेतनामा भने विकास अझै नभएको उनको तर्क थियो । नेपालको अपरिपक्व विदेश नीतिप्रति उनको गम्भीर गुनासो छ ।
सिंगापुर, भारत लगायत अन्य मुलुकको उदाहरण दिँदै सरकार अनुसार नीति फरक बनाउन नहुने उनको तर्क थियो । उनले भने, ‘विदेशसँग गर्ने विहेभ त कांग्रेस आए पनि, कम्युनिष्ट आए पनि अन्य पार्टी आए पनि एउटै हुनु पर्यो नी ।’
पछिल्लो केही दिनयता गाई काटेर मासु खाने विवादित विषयबारे पनि हुमागाईँले आफ्नो धारणा राखेका छन् । प्रदेश नम्बर ३ का उपसभामुख राधिक तामाङको अभिव्यक्तिलाई पटक्षेप गर्दै उनले संविधानले तोकेको आधारमा शपथ खाएर आएका जनप्रतिनिधिहरुले संविधान विरुद्ध जान नहुने बताए ।
भूपू नेपाली भनेकोमा दुखेसो
प्रवाशमा बसेका नेपालीलाई भूपू नेपालीको संज्ञा दिइएको भन्दै उनले गुनासो गरेका छन् । संविधानले राजनीतिक अधिकार बाहेक सबै अधिकार दिएको अवगत गराउँदै उनले भने, ‘त्यही संविधानले मन्त्री बन्ने त्यसैले दिएको कुरालाई खण्डन गर्ने ! यो के गर्न खोजेको हो ?’ उनले जनप्रतिनिधिलाई संविधानमा लेखेको कुरालाई पालन गर्न आग्रहसमेत गरे ।
साथै वाम गठबन्धनको टिकाउबारे पनि उनले आशंका व्यक्त गरेका छन् । केपी ओली र प्रचण्डबीच सम्भावित खिचातानी औँल्याउँदै उनले यसको दिर्घकालिन टिकाउबारे शंका गरेका हुन् ।
दीपक हुमागाईँ