राजनीति मुख्य समाचार

सरकारको निर्णयले धार्मिक युद्धको सम्भावना बढ्योः राप्रपा

सरकारको निर्णयले धार्मिक युद्धको सम्भावना बढ्योः राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकको सनातन धर्मको गौरबपूर्ण इतिहास मेट्ने काममा सत्तारुढ दल नेकपा एमाले मतियार भएको आरोप लगाएको छ । एमाले नेतृत्वको सरकारले धार्मिक, सांस्कृतिक पर्वहरुमा विदा कटौती गर्ने निर्णय गरेलगत्तै राप्रपाले सो आरोप लगाएको हो ।

 

उक्त पार्टीले राष्ट्रिय एकता दिवस र सनातन धर्माबलम्बीहरुको महत्वपूर्ण धार्मिक, सांस्कृतिक पर्वहरुमा विदा कटौती गर्ने सरकारको निर्णय दूर्भाग्यपूर्ण रहेको जनाउँदै यसले हिन्दु धर्माबलम्बीहरुको भावनामा गम्भीर आघात पुर्याएको जनाएको छ ।

 

आज सो पार्टीका प्रवक्ता भुवन पाठकद्वारा जारी विज्ञप्तिमा सरकारको यो निर्णयले नेपालीबीचको सदियौंदेखिको विद्यमान सामाजिक सद्घाव खल्बल्याउने र धार्मिक द्धन्द्ध बढाउने खतरा बढेको भन्दै चेतावनी दिइएको छ ।

विशेष