किन पुगे मुख्यमन्त्री भट्ट भेट्न भारतीय राजदुत पुरी धनगढी ?
धनगढी । प्रदेश नम्वर ७ का मुख्यमन्त्री त्रिलोचन भट्ट र नेपालका लागि भारतिय राजदुत मन्जिव सिंह पुरीबीच बिहीबार भेटवार्ता भएको छ । मुख्यमन्त्रीको कार्यकक्षमा दिउँसो करिव आधा घण्टा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा समसामयिक विषयवस्तुबारे छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । भेटमा भारतसँग जोडिएको प्रदेश नम्वर ७ का नाकाहरुलाई थप व्यवस्थित गरी सुचारु गर्ने, द्धन्द्धकालमा बन्द रहेका छोटी भन्सारलाई खुल्ला गर्ने विषयमा पनि छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
यस्तै भारत सरकारको सहयोगमा प्रदेश नम्वर ७ मा सुचारु विकास परियोजनालाई द्रुत गतिमा अगाडी बढाउने सन्दर्भमा पनि छलफल भएको छ । प्रदेश नम्वर ७ को समग्र विकासका लागि भारत सरकार तत्पर रहेको भारतीय राजदुत पुरीले मुख्यमन्त्री भट्टलाई बताएका थिए । राजदुत पुरी आजै कञ्चनपुर गएका छन्।