विद्यार्थीले झुकाए शिक्षक सेवा आयोगलार्इ, परीक्षा स्थगित
काठमाडौं । चैत २३ गते हुने भनिएको अस्थायी शिक्षक परीक्षा स्थगित भएको छ । विद्यार्थीहरूको आन्दोलनसामु शिक्षक सेवा आयोग झुकेको हो।
शुक्रबार बिहानै देखि विद्यार्थीहरूले परीक्षा स्थगित गर्न माग गर्दै आन्दोलित भएका थिए।
परीक्षा सञ्चालन गर्दा नियमित पठन पाठन प्रभावित हुन सक्ने भन्दै शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले परीक्षा स्थगित भएको सूचना प्रकाशित गरेको छ।
संयुक्त विद्यार्थी संगठनले परीक्षा स्थगित गर्न माग गर्दै शैक्षिक हड्तालको घोषणा गरेको थियो। विद्यार्थी संगठनले परिक्षा स्थगित गर्न सरकारलाई दबाब दिन शुक्रबार राजधानीका केही क्याम्पस अघि चक्का जाम समेत गरेका थिए।