महिला र बालबालिकाकामाथि अब हिंसा हुन दिंँदैनौ: प्रहरी महानिरीक्षक अर्याल
काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालले महिला तथा बालबालिकामाथि हिंसा हुन नदिने गरी नेपाल प्रहरीले अनुसन्धानको कामलाई अघि बढाएको बताएका छन् । शुक्रबार बाँकेमा महिला तथा बालबालिका सेवा केन्द्र भवनको उदघाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
कार्यक्रममा बोल्दै उनले अझै उत्साह र उर्जाका साथ जनताको सेवामा समर्पित हुन पनि नेपाल प्रहरीलाई निर्देशन दिए । कार्यक्रममा बोल्दै महानिरीक्षक अर्यालले नविन सोचका साथ सेवाग्राहीको सेवामा तल्लिन रहन पनि प्रहरी कर्मचारीलाई सचेत गराए ।
प्रहरी महानिरीक्षक अर्यालले महिला तथा बालिबालिकाबिरुद्ध हुने हिंसामा लापरबाही गर्ने प्रहरी कर्मचारीलाई आफूले कडा कार्वाही गरेको पनि स्मरण गराए । उनले सेवाग्राहीलाई अनुभूत हुने गरी काम गर्नु नेपाल प्रहरीको कर्तब्य भएको पनि बताए ।