अर्को सूचना नआएसम्मको लागि कांग्रेस बैठक स्थगन
काठमाडौं । निर्वाचनको समीक्षा गर्न यही चैत ९ गतेदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगन भएको छ।
पार्टीका केन्द्रीय सदस्य खुमबहादुर खड्काको असामयिक निधन भएकामा खड्काप्रति सम्मान प्रकट गर्दै आइतबारका लागि निर्धारित बैठक स्थगन भएको हो।
शुक्रबारसम्म ४१ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका छन्। तीनै तहको निर्वाचनमा कांग्रेसले अनपेक्षित हार व्यहोरेको भन्दै नेतृत्वको आलोचना गरिरहेका छन्।