देउवाकाे विपक्षमा उभिए कांग्रेस नेता गगन थापा
चितवन । नेपाली कांग्रेसका नेता गगन थापाले अहिलेको परिवेशमा पार्टी सभापति र संसदीय दलको नेता एउटै व्यक्ति हुनु उपयुक्त नहुने बताएका छन् ।
दुई तिहाई बहुमत पुर्याउन लागेको कम्युनिष्ट सरकारसँग संसदमा भिड्नुपर्ने भएकाले एकै व्यक्तिले दुई मोर्चामा रहेर काम गर्न नसक्ने थापाले बताए ।
चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता थापाले विपक्षी दलको भूमिका अहिले गुण र दोषका आधारमा सरकारलाई सहयोग र विरोध मात्रै नभएर संविधानको मर्मअनुसार सरकार चल्यो कि चलेन भनेर त्यसको रखवाली गर्ने काम पनि भएको बताए ।