प्रहरीको फरार सूचीमा रहेका नवराज सिलवाल संसद भवन छिरे
काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका सांसद नवराज सिलवाल संसद भवन नयाँबानेश्वर पुगेका छन् ।
एमाले र माओवादी केन्द्रका सांसदहरुको संयुक्त प्रशिक्षणमा सहभागी हुन सिलवाल संसद भवन पुगेका हुन् । सांसदहरुलाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, माओवादी अध्यक्ष प्रचण्डलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।