जब हात हल्लाउँदै, टाेपी ढल्काउँदै संसद भवन छिरे नवराज
प्रताप अाेली
काठमाडौं । प्रहरीको खोजी सूचीमा रहेका एमाले सांसद नवराज सिलवाल बानेश्वरस्थित संघीय संसद भवन पुगेका छन् । सांसदको गतिविधिमा सांसदले ध्यान दिनुपर्ने विषयमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट निर्वाचित संघीय सांसदको प्रशिक्षणमा सहभागी जनाउन उनी संसद भवन पुगेका हुन् ।
उनी सर्ट, प्यान्ट, कोट र ढाका टोपीमा हात हलाउदै संसद भवन पुगेका थिए । प्रहरीको खोजी सूचीमा रहका उनी संसद् भवनभित्र छिरेपछि सबैको नजर उनी माथि परेको थियो ।
उनी शनिबार बिहान करिव पौने ११ बजेतिर भवन पुगेका थिए । प्रशिक्षण कार्यक्रम ११ बजेलाई बोलाइएको थियो । पार्टी एकता गर्ने गरी अघि बढिरहेका दुई पार्टीले संसदीय गतिविधिमा कसरी अघि बढ्ने भनेर सांसदहरुलाई प्रशिक्षण दिन लागेका हुन्।
आइजिपी बढुवा सम्बन्धी मुद्दामा सिलवालले पेश गरेको कार्यसम्पादन मूल्यांकन (कासमू) सम्बन्धी कागजपत्र कीर्ते रहेको भन्दै अनुसन्धान गरी कारबाही गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो। त्यसपछि उनी फरार रहँदै आएका छन् भने प्रहरीले खोजी गरिरहेको बताएको छ। सिलवालले भने सरकारले प्रतिशोध स्वरुप आफूविरुद्ध मुद्दा चलाउन खोजेको आरोप लगाउँदै आएका छन्।
माेष्ट वान्टेड हाेइन माेष्ट लुकाइ
माेष्ट वान्टेड भनिए पनि सिलवाल पार्टीकाे माेष्ट लुकार्इमा अाजका दिनसम्म बसिरहेका छन् । अव सिलवालकाे मुद्दा के हुन्छ भन्ने प्रश्न यतिवेला निकै ताताे छ । अहिलेसम्मकाे सुरक्षा गतिविधी र सरकारकाे नियत हेर्दा सिलावाललार्इ दुवै पक्षले जनतासामु नाटकीय भुमिका खेलेकाे देखिन्छ ।
जनतालार्इ अन्धाे कानुनकाे भ्रममा पारेर सिलवाललार्इ सरकारमा सहभागी गराउने पक्षमा सरकारी नजिर देखिन्छ । शनिबार सिलवाल संसदभवन नयाँबानेश्वरमा जब प्रधानमन्त्री र गृहमन्त्रीसँग भेटिए, प्रहरीद्वारा लाठी हैन, सलाम ठोकिए । के याे जायज हाे ? तसर्थ टिकापुर हत्या आराेपी रेशम चाैधरी र कीर्ते हस्ताक्षर अभियुक्त नवराज सिलवाल यदि कानुनी घेरामा आउँदैनन् भने कानुनमाथि किन प्रश्न नउठाउने ?
अपराधीले सरकारी पद छाेपेपछि सरकार नै अपराधकाे नजन्माउला भन्न सकिन्न । मानिसकाे स्वाभाव सुविधामुखी हुन्छ । चाेर एक दिन चाेरीकाे फन्दामा परेन भने चाेर्ने बानीकाे विकास गर्ने मात्र हाेइन आफुजस्ता हजार चाेर पनि जन्माउँछ ।
कानुन र सरकार
कानुन वमाेजिम निर्वाचित सांसदलाई अधिवेशन बोलाएको सूचना जारी भएपछि अधिवेशन अन्त्य नभएसम्मको अवधिभर पक्राउ गर्न नपाउने व्यवस्था रहेको छ।
तर फौजदारी अभियोगमा संघीय कानुन अनुसार कुनै सदस्यलाई पक्राउ गर्न भने रोक छैन। अव नवराज सिलवाललार्इ आदेश फिर्ता लिन लगाएर सरकारमा सामेल गराउने पक्षमा प्रधानमन्त्री आेली देखिएका छन् ।
यद्यपी नवराज सिलवाल कानुनकाे नजरमा फरार अभियुक्त भएपनि उनी छानविनका लागि अदालत बाेलार्इएका थिए । उनीमाथि मुद्दा दर्ता भएकाे भए सुरक्षा निकाय कडार्इ गर्थ्याे हाेला ।
फौज्दारी मुद्दा लागेका प्रतिनिधिसभा सदस्य रेशम चौधरी र किर्ते प्रकरणमा छानबिन खेपिरहेका नवराज सिलवालबाट कुनै निकायबाट लिखित केही जानकारी नआएकाले उनीहरू आएमा शपथ लिन सक्ने संघीय संसद् प्रवक्ता डा भरतराज गौतमले बताए ।
सिलवाल आज आयोजित नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)ले आयोजना गरेको दुवै सदनका सदस्यलाई आयोजना गरेको प्रशिक्षण कार्यक्रममा सहभागी भएका थिए ।