लागु होला त वैशाख १ गते बाट लालबाबु पण्डितको यति ठुलो घोषणा ?
भक्तपुर । जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले वातावरण प्रदूषण गर्ने जो कोहीलाई कारवाही गरिने बताए छ ।
‘महानगर र उपमहानगरमा आउँदो बैशाख १ देखि हरियो स्टीकर नहुने सवारी साधनलाई प्रतिबन्द लगाउछु’ मन्त्री पण्डितले शनिबार हनुमन्ते सफाई अभियानमा भन्नुभयो, ‘४५ प्रतिशत हरियो स्टिकर भएका साधनले कालो धुवाँ फाल्छ ।
अब त्यस्तालाई कारवाही हुन्छ ।’मन्त्री पण्डिलले कालो धुवाँ फाल्ने सवारी साधनलाई हरियो स्टिकर दिने कर्मचारीलाई समेत कारवाही गर्ने बताए ।