मुख्य समाचार राजनीति

समाजमा विभिन्न ढंगले हिंसा फैल्याउन खाेजीयाेः प्रधानमन्त्री ओली

समाजमा विभिन्न ढंगले हिंसा फैल्याउन खाेजीयाेः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही तत्वहरूले समाजमा विभिन्न ढंगले हिंसा फैल्याउन खोजेको आरोप लगाएको छन्। गाउँपालिका राष्ट्रिय महासंघ नेपालको राष्ट्रिय महाधिवेशन उद्घाटनका क्रममा राजधानीमा नेपाललाई केही तत्वहरूले हिंसा भड्काएर रुवान्डा बनाउन खोजेको बताए।

 

 प्रधानमन्त्री ओलीले भने। केही तत्वहरू भनेर कोही कसैको नाम नतोकै पनि प्रधानमन्त्रीको भनाइबाट युरोपियन युनियन (इयू) लाई व्यंग्य गरेको सहजै बुझ्‍न सकिन्थ्यो। नेपालीहरूले महँगो शिक्षाबाट संविधान प्राप्त गरेको र त्यो संशोधन गर्नुपरे हामी आफैं जानीकर रहेको प्रधानमन्त्री ओलीको भनाइ थियो। स्थानीय तहलाई सामाजिक सद्‍भाव र विकासको पक्षमा लाग्न प्रधानमन्त्रीको आग्रह थियो। 

 

'तपाईंहरू सामाजिक सद्‍भाव र विकासमा लाग्‍नुस् संघीय सरकारको मात्र मुख ताक्ने हैन,' प्रधानमन्त्री ओलीले भने। आफूले भोट खसाएर निर्वाचित गराएका जनप्रतिनिधिहरू भ्रष्टाचारमा फसेको जनताले देख्न नचाहेकाले भ्रष्टाचारमुक्त भएर देश विकासमा लाग्‍न जनप्रतिनिधिहरूलाई प्रधानमन्त्रीले सुझाब दिए।
 

विशेष