राजनीति

प्रतिनिधि र राष्ट्रियसभाका ज्येष्ठ सदस्यले शपथ लिए

प्रतिनिधि र राष्ट्रियसभाका ज्येष्ठ सदस्यले शपथ लिए

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका ज्येष्ठ सदस्यद्वय महन्थ ठाकुर र तारादेवी भट्टले राष्ट्रपतिबाट शपथ लिएका छन् ।

 

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्य ठाकुर र राष्ट्रियसभाका जेष्ठ सदस्य भट्टलाई राष्ट्रपति भवन शीतल निवासमा शपथ गराएकी हुन् ।

 

नागरिकतामा ८० वर्ष उल्लेख भए पनि वास्तविक उमेर ६३ वर्ष मात्र भएका कारण राजपाका नेता महेन्द्रराय यादव आजको शपथ कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि ठाकुरलाई जेष्ठ सदस्यकाे अाधारमा प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने अवसर जुरेको हो ।

 

राष्ट्रपतिबाट शपथ लिएपछि ठाकुरले प्रतिनिधिसभासदस्यलाई ४ बजे शपथ गराउने छन् भने भट्टले ५ बजे राष्ट्रियसभा सदस्यलाई शपथ खुवाउने छन् ।

 
 

pratinidhi sabha

विशेष