राजनीति भिडियो

केपी ओलीलाई मदन राईको सुझावः पहिले यौन अनि बल्ल समृद्धि–विकास (भिडियो)

कर्मचारीतन्त्र पूरै बदल्नुपर्छ अब

केपी ओलीलाई मदन राईको सुझावः पहिले यौन अनि बल्ल समृद्धि–विकास (भिडियो)

काठमाडौं । कृषि विज्ञ तथा समाजसेवी मदन राई राजनीतिमा पनि सक्रिय छन् । अझ बढी उनी राजनीतिक टिप्पणी तथा विश्लेषण गर्दैआएका छन् ।

 

उनी संलग्न पार्टी नयाँशक्ति नेपाल राष्ट्रिय पार्टी नभएपछि पनि उनलाई यस्तो काममा समय मिलेको छ । नेपालआजको स्टुडियोमो पछिल्लो शनिबार भएको अन्तरवार्तामा राईले नयाँ जनप्रतिनिधि र सरकारका शुभकामना साथै सुझाव पनि दिएका छन् ।

 

अहिलेको सरकारका लागि समृद्ध मुलुक बनाउन ऐतिहासिक अवसर मिलेको उनले बताए । अहिलेको सरकार चुनौतीपूर्ण र अवसरको अवस्थामा रहेको भन्दै चाहेको अवस्थामा धेरै काम गर्न सकिने उनको भनाइ थियो ।

 

सडक, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत क्षेत्रमार्फत मुलुकलाई समृद्ध बनाउन सकिने उनको धारणा थियो । भौतिक पूर्वाधार तयार गर्नुका साथै नेपाललाई विश्वकै आकर्षक स्थान बनाएर पर्यटकीय केन्द्र बनाउन यही सरकारले सक्ने उनको विश्वास थियो ।

 

तर जिम्मेवार निकायमा रहेका व्यक्तिहरुलजे इच्छाशक्ति देखाउन जरुरी रहेको राईको भनाइ थियो । ‘अब मुलुक नयाँ ढाँचामा गइसकेको छ, यस्तो अवस्थामा पनि परिवर्तन हुन सकेन भने झनै ठूलो खतरा आउनेछ’ उनले भने, ‘यो सरकारलाई चुनौतीसँगै ऐतिहासिक अवसर पनि छ ।’

 

कर्मचारीतन्त्र र भ्रष्टचाचार चुनौती

मुलुकमा समृद्धि र विकास नआउनुको मुख्य कारण कर्मचारीतन्त्र र भ्रष्टाचार रहेको राईको बुझाइ छ । उनले कर्मचारीहरुको पुरानो कार्यशैलीलाई पूर्ण रुपमा फेर्नुपर्ने सुझाव दिएका छन् ।

 

घुस लेनदेन, जनतालाई दुख दिने शैली जस्ता झमेलाले गर्दा पनि मुलुक अघि बढ्न नसकेको उनले औंल्याए । र यस्तो शैली पनि आफैँमा भ्रष्टाचारी प्रबृत्ति भएको उनको भनाइ थियो ।

 

तर नयाँ सरकारले पूर्ण रुपमा कर्मचारीहरुको काम गर्ने शैलीमा परिवर्तन ल्याउनुपर्ने राईले बताए ।

 

यौन शिक्षा आवस्यक

राईले यसअघि पनि नेपालआजसँग मानव जीवनमा यौन शिक्षाको कति महत्व छ भनेर लामो बहस गरेका छन् । प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा यौन शिक्षाबारे भ्रम र रहस्य हुँदा त्यसले मानव जीवनलाई नै प्रभावित पार्ने उनले दोहोर्याए ।

 

आम मानिससँगै नेतृत्वकर्ताको जीवनमा पनि यौन शिक्षाको आवस्यकता उनले औंल्याएका छन् । प्रत्यक्ष जस्तो नभए पनि यौन शिक्षाकै कारण मान्छेको सोच्ने शैली, जीवनशैली र कार्यशैलीमा चुस्तता आउने भन्दै यसको आवस्यकता रहेको उनको भनाइ छ ।

 

मदन राई

विशेष