विश्वका उत्कृष्ठ १८ कमेडियनको सुचीमा नेपालका मनोज गजुरेल पनि !
नेपालका कमेडियन मनोज गजुरेल विश्वका १८ उत्कृष्ठ कमेडियनको सुचीमा परेका छन् । अमेरिकी अनलाइन सिबिएस न्युज डटकमले यो सुची सार्वजनिक गरेको हो । सार्वजनिक १८ जनाको सुचीमा अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पको नक्कल गर्नेहरुलाई मात्र समावेश गरिएको छ ।
सुचीमा मनोज गजुरेलसहित विभिन्न देशका कलाकारहरु एलेक बाल्डविन, एन्थोनी एटामानुइक, रोबर्ट एन्सलर, मार्सेल फोरेष्टेरी, एलिसन ज्याक्सन, डस्टिन गोल्ड, डेनिस एलन, माइक ओसम्यान, डेरिओ बालान्टिनी, जोन डी डोमेनिको, एरिक ज्याकम्यान, टोड वेरटालिक, डान कनेली, रोनाल्ड ग्रम्प, आरजे मोरिस, राफेल आल्मोडोभार लगायत छन् ।
माओवादी अध्यक्ष प्रचण्ड, पूर्व राजा ज्ञानेन्द्र, एमाले अध्यक्ष केपी ओली लगायतका शीर्ष नेताहरुको दुरुस्तै नक्कल गर्ने मनोज पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल गरेर विश्वभर चर्चामा आएका छन् ।
उनले पहिलोपटक गत गाईजात्रामा अमेरिकी राष्ट्रपती ट्रम्पको नक्कल गरेका थिए । त्यबिेला देखि नै विश्वप्रसिद्ध अनलाइनहरुले मनोज गजुरेललाई नोटिश गर्नुका साथै उनी लोकप्रिय भएका थिए।