सपथ खाईसकेपछि सिलवालले भने, ‘म कहाँ गएको थिएँ र मलाई खोज्नु ?’
काठमाण्डौं । संसद भवनमा आइतबार राष्ट्रियसभा सदस्यको सपथ खाईसकेपछि प्रहरीको खोजीमा रहेको भनिएका सांसद नवराज सिलवालले आफू संस्थागत व्यक्ति भएको बताएका छन् ।
सपथपछि पत्रकारहरुसँग प्रतिक्रिया दिंदै सांसद सिलवालले प्रहरीले आफूलाई खोजेको भन्नेबारे भने– ‘म कहाँ गएको थिएँ र मलाई प्रहरीले खोज्नु ?’ ललितपुर क्षेत्र नम्बर–१ का सांसद नवराज सिलवाल सपथ ग्रहणका लागि एमाले नेता माधवकुमार नेपालको गाडीमा आएका थिए ।
उनले आफू सधैं नागरिक माझ नै रहेको बताएका छन् । पूर्व डीआइजी समेत रहेको सिलवालले प्रहरी बढुवामा कार्य सम्पादन मूल्याङकनको कागजात कीर्ते गरेको भन्दै उनलाई प्रहरीले खोजिरहेको छ ।