कांग्रेस संसदीय दल निर्वाचनः सिंहलार्इ सिटाैला र युवाकाे साथ, देउवा ढुक्क
काठमाडौँ । कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने भएको छ । सिंहलाई पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला समूहको समेत समर्थन छ।
सभापति देउवा र पूर्वमहामन्त्री सिंहले आइतबार साँझ संसदीय दलको नेताका लागि आ–आफ्नो दलबलसहित उम्मेदवारी दर्ता गराएका थियाे । दलको नेताका लागि सोमबार बिहान १० बजदेखि १ बजेसम्म सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा मतदान हुँदै छ ।
देउवाको उम्मेदवारीमा प्रस्तावक विजयकुमार गच्छदार र समर्थक मानबहादुर विश्वकर्मा छन् । सिंहको प्रस्तावकमा भने कोषाध्यक्ष सीतादेवी यादव र समर्थकमा सञ्जयकुमार गौतम छन् । प्रतिनिधिसभामा कांग्रेसका ६३ सांसद छन् ।
देउवाले ६३ मध्ये आफ्नो पक्षमा ४० भन्दा बढी सांसद रहेको दाबी गर्दै अाफ्नाे जित निश्चित रहेकाे बताएका छन् भने सिंहले कांग्रेसमा परिवर्तन चाहानेकाे र सिटौला पक्षकाे पनि साथ रहेकाे भन्दै अाफू जित्नेमा कुनै अाशंका नरहेकाे बताउछन् ।