राजनीति

झापा अान्दाेलकाे सम्झनामा पार्टी एकताबारे अाेलीकाे यस्ताे भनाइ

झापा अान्दाेलकाे सम्झनामा पार्टी एकताबारे अाेलीकाे यस्ताे भनाइ

काठमाडौँ । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रसँगको पार्टी एकतामा कुनै धोका नहुने स्पष्ट पारेका छन् । 



झापा आन्दोलनका पाँच सहिदको ४५औँ वार्षिक स्मृति दिवसका अवसरमा आज एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित स्मृतिसभा कार्यक्रममा उनले आफ्नो पार्टी विगतदेखि नै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध र मुलुकको समृद्धिका लागि क्रियाशील रहेकाले पार्टी एकतालाई सावधानीपूर्वक अघि बढाउन दृढ संकल्पित रहेको बताए । 



उनले सहिदको योगदानबाट मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेकाले उनीहरुको आकांक्षाअनुसार मुलुकको सामाजिक न्याय र समानता तर्फको यात्रालाई सरकारले लोकतान्त्रिक विधिअनुसार पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे ।

 

तत्कालीन पञ्चायत सरकारले २०२९ फागुन २१ गते झापा आन्दोलनका नेताहरु रामनाथ ढकाल, नेत्र घिमिरे, वीरेनसिंह राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सीमामा पर्ने सुखानी जंगलमा लगी हत्या गरेको थियो ।

 

स्मृतिसभामा एमाले वरिष्ठ नेताहरू झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, झापा आन्दोलनका नेता राधाकृष्ण मैनाली, सहिद परिवारका सदस्यलगायतकाे उपस्थिति थियाे । 

विशेष