कांग्रेस युवा नेता गुरु घिमिरे भन्छन्ः कर्मचारी बढुवा भए झैँ हुँदैन राजनीतिमा (भिडियो)
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा नै निर्वाचित भए । पछिल्ला निर्वाचनमा अप्रत्याशित हार ब्यहोरेको कांग्रेसले चुनावी समीक्षा भने गरेको छैन ।
यस्तो हुनुमा पार्टी सभापति देउवाको गैरराजनीतिक कार्यशैली मुख्य कारक भएको आलोचना पार्टीभित्रै भयो । केही नेताले सभापतिलाई दोष लगाउँदै तत्काल महाधिवेशनको माग पनि गरे ।
संसदीय दलको नेतामा पनि सभापति देउवा दोहोरिन नहुने भन्दै प्रकासमान शिंहले उम्मेदवारी दिए । तर संसदीय दलको चुनावअघि नै नेपालआजले कांग्रेसका युवा नेता गुरु घिमिरेलाई बोलाएर अन्तरवार्ता गरेको थियो ।
घिमिरेले कांग्रेसको नेतृत्वबारे सन्तुलित रुपमा आफ्नो धारणा व्यक्त गरेका छन् । सभापतिले तत्काल राजनीनामा दिएर वा भोलि नै महाधिवेशन डाक्दैमा पार्टी सुदृढिकरण नहुने भन्दै बरु संगठनहरुको पूर्णता दिनु आवस्यक रहेको बताए ।
पार्टीका अवयवहरुलाई कामकाजी, गतिशील र व्यवस्थित बनाउनु नै अहिलेको आवस्यकता रहेको उनको भनाइ छ । साथै नेविसंघ लगायत पार्टीका भ्रतृ संगठनहरुलाई सुदृढ गर्नुपर्ने उनको भनाइ छ ।
कांग्रेसकै नेतृत्वमा मुलुकका ऐतिहासिक काम सम्पन्न भएकोमा आफूहरुले गर्व महसुश गर्नुपर्ने पनि उनले बताए । र चुनाव सम्पन्न गरेकोमा पार्टी आफू हारेरै पनि मुलुकलाई जिताएको उनको तर्क छ ।
प्रकासमान शिंह