राजनीति कुरा: खस्रा मिठा

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबारे अरुणकुमारको भयः केपी ओलीलाई नै सिद्ध्याउने षड्यन्त्र (भिडियो)

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणले नेपालमा खतराको घण्टी बजाउँदै

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमणबारे अरुणकुमारको भयः केपी ओलीलाई नै सिद्ध्याउने षड्यन्त्र (भिडियो)

काठमाडौं । नेपालमा नयाँ सरकार गठन भएसँगै पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी यहाँका नयाँ प्रधानमन्त्री केपी शर्मा ओलीलाई शुभकामना दिन भन्दै नेपाल भ्रमणमा आएका छन् ।

 

उनको दुई दिने भ्रमणलाई केही आलोचकहरुले भने अप्रत्यासित र अनपेक्षित रुपमा पनि हेरेका छन् । नेपालका दुई छिमेकी चीन र भारतसँग सम्बन्ध बिग्रने खरताको घण्टी पनि यही भ्रमणले दिएको बताउँछन् विश्लेषक अरुणकुमार सुवेदी ।

 

वेदीको नियमित स्तम्भ ‘कुरा खस्रा मिठा’पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण र नेपालको अबको कुटनीतिमाथि नै केन्द्रित छ । सुवेदीले नेपाल–भारत सम्बन्ध बिगार्न पश्चिमा मुलुकले खेलेको शंकेत गरेका छन् ।

 

यसरी पाकिस्तानसँग नेपाल नजिकिनु र भारतसँग टाढिनु नेपालका लागि दुभार्गपूर्ण अवस्था रहेको सुवेदीको तर्क छ ।‘सार्क शिखर सम्मेलनको माहोल बनाउन नेपाल आउँदै गरेका पाकिस्तानी प्रधानमन्त्रीमाथि त्यति धेरै शंका गर्नु जायज छ र ?’ भनी सोधिएको प्रश्नमा सुवेदीले पाकिस्तान र नेपालको पुरानो सम्बन्ध कोट्याउँदै यहाँ गैरकुटनीतिक नियत लुकेको बताए ।

 

सुवेदीका अनुसार तत्कालिन पाकिस्तानी राष्ट्रपति जिया उल हकदेखि शाहिद अब्बाससम्मलाई जसरी निम्तो दिइयो यस्तो शैलीले नेपालकै विदेश नीति खतरामा परेको उनको भनाइ छ । राजाको पालामा जसरी जिया उल हक नेपाल भ्रमणमा आए, त्यही अवस्थासँग जोडेर अहिलेको भ्रमणलाई उनले ब्याख्या गरेका छन् ।

 

‘दरबारमै बसेर, दरबारीया भएरै जसरी राजालाई सिध्याइयो, त्यसै गरी केपी ओलीको कोटरीमा बसेर एमाले भएरै केपी ओलीलाई पनि सिध्याइँदै त छैन !’ सुवेदीले भने, ‘मलाई यसमै डर छ ।’

 

षड्यन्त्र गर्न २ दिनको भ्रमण मात्रै नभएर २ घण्टा नै काफी रहेको भन्दै यस भ्रमणमाथि अस्वभाविक र अव्यवहारिक भन्दै टिप्पणी गरेका छन् ।

 

पाकिस्तानी प्रधानमन्त्रीको भ्रमण भने शुभकामना दिनका लागि केन्द्रित भएको सरकारी स्रोतबाट बताइएको छ । यसबाहेक सार्क शिखर सम्मेलनको लागि माहोल बनाउन छलफल हुनसक्ने पनि बुझिएको छ ।

 

अरुणकुमार सुवेदी कुरा: खस्रा मिठा

विशेष