राजनीति मुख्य समाचार

पाकिस्तानी प्रधानमन्त्री ३ बजे आउँदै, बेपत्ता सेना हबिबबारे छलफल हुनसक्ने

पाकिस्तानी प्रधानमन्त्री ३ बजे आउँदै, बेपत्ता सेना हबिबबारे छलफल हुनसक्ने

काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री शाहिद खकान अब्बासी नेपालको दुईदिने औपचारिक भ्रमणका लागि आज अपराहन काठमाडौं अाउन लागेका छन्। नवनिक्युत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन उनि नेपाल आउन लागेका हुन् ।

 

विशेष विमानमार्फत ३२ सदस्यीय टोलीसहित अब्बासी दिउँसो ३ बजे आउन लागेका हुन् । उनको भ्रमणको तयारीका लागि यसअघि नै पाकिस्तानी ‘एडभान्स टिम’ले सबै व्यवस्था मिलाइसकेको छ । अब्बासी नेपालमा १९ घन्टा रहनेछन् । नेपाल र पाकिस्तानबीच यसअघि पनि उच्चस्तरीय भेटवार्ता भएका थिए ।

 

तर प्रधानमन्त्रीलाई बधाई दिन भन्दै पाकिस्तानी प्रधानमन्त्री नेपाल आएको संभवत पहिलो पटक हो । अब्बासीलाई टुँडिखेलस्थित सैनिक मञ्चमा ‘गार्ड अफ अनर’ दिइने भएको छ । यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमै गार्ड अफ अनर दिने परम्परा रहेको थियो ।

 

प्रधानमन्त्री ओलीको निर्देशनमा यसलाई परिवर्तन गरिएको हो । अब्बासीलाई स्वागत गर्न अर्थमन्त्री युवराज खतिवडालाई विमानस्थल पठाउने निर्णय सरकारले निर्णय गरेको छ । विमानस्थलबाट उनी सीधै टुँडिखेल जानेछन् ।

 

गार्ड अफ अनरको कार्यक्रम सकिएपछि ओलीले अब्बासीको सम्मानमा होटल याक एन्ड यतीमा रात्रिभोज दिनेछन् भने त्यहीं नै दुईपक्षीय वार्ता गर्नेछन् । भेटमा दुई नेताबीच दुईपक्षीय सम्बन्धबारे समग्र विषयमा छलफल हुने र यसबारे सबै तयारी पूरा भइसकेको प्रधानमन्त्री कार्यलयले जानकारी दिएका छ ।

 

अहिले दक्षिण एशियाली साझा फोरम सार्क निष्कृय छ । उरी आक्रमणपछि भारतले पाकिस्तानलाई पाखा लगाउन खोज्दा सार्क सम्मेलन अनिश्चित छ । नेपाल अध्यक्ष राष्ट्रको हैसियतले सार्क शिखर सम्मेलन आयोजना गर्न अनुकूल वातावरण बनाउन आग्रह गर्न पाकिस्तानी प्रधानमन्त्री नेपाल आउन लागेको अनुमान पनि गरिएकाे छ ।

 

यस्तै संयुक्त राष्ट्रसंघको जागिरका लागि गएको ९ महिना पहिले लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका सेवानिवृत कर्णेल मोहम्मद हबिबको परिवारले यस विषयमा नेपालस्थित परराष्ट्र मन्त्रालयमा उजुरी गरे पनि अहिलेसम्म उनको पत्तो लागेको छैन । यस विषयमा पनि अब्बासीले जिज्ञासा राख्ने अनुमान गरिएको छ ।

विशेष