राजनीति मुख्य समाचार

राष्ट्रियसभा बैठकमा एक सदस्यले प्रम अाेलीमाथि गरे यस्ताे टीप्पणी

राष्ट्रियसभा बैठकमा एक सदस्यले प्रम अाेलीमाथि गरे यस्ताे टीप्पणी

काठमाण्डौ । राष्ट्रियसभा सदस्य राधेश्याम अधिकारीले‍ प्रधानमन्त्रीले अाफ्नाे अधिकारकाे दायरा बढाउँदै शक्तिकाे अत्याधिक अभ्यास गर्न खाेज्नु सुखद नभएकाे बताएका छन् ।

 

राष्ट्रियसभाको आजको बैठकम अधिकारीले वर्तमान सरकारले सुशासन कायम गर्दै भ्रष्टाचार र अनियमितताको नियन्त्रण गर्नु जरुरी रहेकाे भन्दै प्रधानमन्त्रीले नै राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभागजस्ता निकाय आफैँमा राख्नु सुखद् नभएको बताएका हुन् ।

 

त्यस्तै अर्का राष्ट्रियसभा सदस्य दीनानाथ शर्माले आर्थिक समृद्धिका लागि सबै दल मिलेर काम गर्नुपर्ने र जनताका सामु गरिएका वाचा पूरा गर्नैपर्ने बताए । सदस्य वृषेशचन्द्र लालले संविधानलाई सर्वस्वीकार्य बनाई जनतालाई अधिकार सम्पन्न बनाउन सबै सरोकार भएकाको माग र चाहनालाई सम्बोधन गर्नुपर्ने बताए ।

 

बैठकमा बाेल्ने प्राय: सदस्यहरूले राष्ट्रिय विषयमा नेपालका राजनीतिक दलले पछिल्ला दिनमा गर्दै आएको राष्ट्रिय सहमति र सहकार्यको संस्कारलाई आत्मसात् गर्दै आर्थिक समृद्धिमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए ।राष्ट्रियसभाको अर्काे बैठक यही फागुन ३० गते अपराह्न १ बजे बस्नेछ ।

विशेष