राजनीति मुख्य समाचार

यसरी फेरिँदैछ १७ वटै मन्त्रालयको संरचना

यसरी फेरिँदैछ १७ वटै मन्त्रालयको संरचना

काठमाडौं । सरकारले १७ वटै मन्त्रालय र मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यलयको प्रशासनिक संरचना फेरबदल गर्ने तयारी गरेको छ । मन्त्रालय तथा मन्त्रिपरिषद्को कार्यालयको प्रशासनिक संरचना फेरबदल गर्न मन्त्रिपरिषद् तथा प्रधानमन्त्रीको कार्यालका सचिव दिनहुँ बैठक हुने गरेको छ ।

 

प्रधानमन्त्री कार्यालका एक कर्मचारीका अनुसार कुन मन्त्रालयमा कति कर्मचारी राख्ने, शाखा, महाशाखा कति राख्ने, विभागहरू कति राख्ने भन्नेबारेमा विषयगत रुपमा छलफल भइरको छ । बैठक अझै केही दिन जारी रहने ती कर्मचारीले बताए। बैठकमा सबै मन्त्रालयबाट प्रतिनिधित्व गराइएको छ ।

 

संगठन व्यवस्थापन 'सर्भे' तयार गर्न छुट्टाछुट्टै समूह बनाएर छलफल भइरहेको प्रधानमन्त्री कार्यालयका कर्मचारी बताउँछन् ।  प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयमा सल्लाहकार समूह तथा विज्ञ समूहको दरबन्दी स्थायीरूपमै राख्ने तयारी भएको छ ।

 

स्थायी दरबन्दी कायम भएमा प्रधानमन्त्री फेरिनेबित्तिकै व्यक्ति फेरिन्छन् तर दरबन्दी भने कायमै रहन्छ। हाल प्रधानन्त्रीले प्रधानमन्त्रीको कार्यालयमा सल्लाहकार समूहमा पाँचजना मनोनयन गर्न सक्छन् । याे खबर अाजकाे नागरिक दैनिकमा छ ।

विशेष