एमालेले अाज राष्ट्रपति चयनका विषयमा बैठक डाक्याे
राष्ट्रपति उम्मेदवार चयनलगायत विषयमाथि छलफल गर्ने एमाले स्थायी कमिटीको बैठक मंगलबार दिउँसो बस्ने भएको छ ।
निर्वाचन आयोगले फागुन २९ गतेका लागि राष्ट्रपति चुनावको मिति तय गरेकाले सोबारेमा छलफल गर्न मंगलबार दिउँसो ४ बजे बैठक बस्न लागेको पार्टी सचिव गोकर्ण विष्टले जानकारी दिए । वाम गठबन्धनले राष्ट्रपति र उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्नेछन् ।
वर्तमान राष्ट्रपति विद्या भण्डारीलाई पुनः उम्मेदवार बनाउने या नयाँ उम्मेदवार खोजी गर्ने भन्नेमा एमालेले ठोस निर्णय गर्ने बुझिएको छ । बैठकमा नेकपा माओवादी केन्द्रसँगको एकता प्रक्रिया, सरकार विस्तारलगायत विषयमा पनि छलफल हुने पनि जानकारीमा अाएकाे छ ।