यी हुन् नयाँ शक्तिका सातै प्रदेशका इन्चार्ज र संयोजक
साथै सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग गठन
नयाँ शक्ति पार्टीले १७ सदस्यीय सचिवालय र सातै प्रदेशमा इन्चार्ज तोकेको छ । महाधिवेशन आयोजक समितिको काठमाडौंमा दुई दिनसम्म बसेको बैठकले १७ सलस्यीय सचिवालय, सातै प्रदेशमा इन्चार्ज र संयोजक तथा विभिन्न विभाग गठन गर्ने निर्णय गरेको हो ।
नयाँ शक्तिले ०७५ साललाई पार्टीको महाधिवेशन वर्ष बनाउने निर्णय गर्दै भदौ र असोजमा स्थानीय तहको सम्मेलन, मंसिर र पुसमा प्रादेशिक अधिवेशन र १०–१५ फागुनसम्म संघीय महाधिवेशन गर्ने निर्णय गरेको छ । बैठकले सूचना, सञ्चार, प्रचार तथा प्रकाशन विभाग गठन गर्दै संयोजकको जिम्मेवारी विश्वदीप पाण्डेलाई दिएको छ । पाण्डे पार्टी संयोजक डा. बाबुराम भट्टराईको स्वकीय सचिवसमेत हुन् ।
डा. भट्टराई संयोजकत्वको १७ सदस्यीय सचिवालयमा कल्पना धमला, केशव दाहाल, कृष्णकुमार चौधरी, गंगानारायण श्रेष्ठ, डम्बर खतिवडा, डा. केशवमान शाक्य, दुर्गा सोव, देवीप्रसाद ओझा, नवराज सुवेदी, परशुराम खापुङ, राजेन्द्रकुमार किराँती, रामरिझन यादव, रुद्रबहादुर गुरुङ, सरुण बाठा मगर, हिसिला यमी र संरक्षक परिषद्को संयोजक सदस्य छन् ।
यस्तै बैठकले १९ वटा विभाग गठन गर्दै इञ्चार्जसमेत तोकेको छ । प्रवास विभागको इन्चार्जमा हिसिला यमी इन्चार्ज र संयोजकमा धनबहादुर गुरुङलाई चयन गरेको छ । पार्टी प्रवक्ताको जिम्मेवारी डम्बर खतिवडा र प्रशान्त सिंहलाई दिइएको छ ।
नयाँ शक्तिले सातै प्रदेशमा इन्चार्ज र संयोजक तोकेको छ ।
प्रदेश १ मा
इन्चार्ज/संयोजक
राजेन्द्रकुमार किराँती
देवराज भण्डारी
प्रदेश २ मा
इन्चार्ज/संयोजक
रामरिझन यादव
सुशील यादव
प्रदेश ३ मा
इन्चार्ज/संयोजक
गंगानारायण श्रेष्ठ
सोनामसिंह स्याङ्तान
प्रदेश ४ मा
इन्चार्ज/संयोजक
रुद्रबहादुर गुरुङ
देवीप्रसाद सुवेदी
प्रदेश ५ मा
इन्चार्ज/संयोजक
नवराज सुवेदी
दानबहादुर चौधरी
कर्णाली प्रदेशमा
इन्चार्ज/संयोजक
सरुण बाठा मगर
रामबहादुर बोहोरा
प्रदेश ७ मा
इन्चार्ज/संयोजक
कृष्णकुमार चौधरी
प्रकाशबहादुर साउद