राजनीति मुख्य समाचार

राष्ट्रपति उम्मेदवार तय गर्न कांग्रेस कार्यसमितिको बैठक बस्दै

राष्ट्रपति उम्मेदवार तय गर्न कांग्रेस कार्यसमितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी निर्णय गर्न केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

 

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा अहिले केहीबेरमा शुरु हुने बैठकले राष्ट्रपतिको उम्मेदवारी सम्बन्धमा पार्टीका तर्फबाट निर्णय लिने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

 

बैठकमा उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिनेसम्बन्धी एवं मुलुकको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमका बारेमा समेत छलफल हुने उनले बताए ।

 

नेपालको संविधानअनुसार संघीय संसद्को गठनपछि राष्ट्रपति, उपराष्ट्रपति, प्रतिनिधिसभाका सभामुख र उपसभामुख तथा राष्ट्रियसभाका अध्यक्ष र उपाध्यक्षको निर्वाचन हुन लागेको छ ।

याँ राष्ट्रपतिका लागि वाम गठबन्धनका तर्फबाट विद्यादेवी भण्डारीलाई नै अघि सारिसकेकाे छ । भण्डारीकाे प्रधिस्पर्धीका रूपमा कांग्रेसले मानबहादुर विश्वकर्मा वा लक्ष्मी राईमध्ये एक जनालाई अघि सार्ने सम्भावना रहेको बताइएको छ ।

 

दलित तथा जनजातिमध्यबाटै उम्मदेवार बनाएमा सकारात्मक सन्देश जाने भन्दै कांग्रेसले उनीहरूको नाम अघि सरेकाे छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २९ गते तोकिएको छ । सो निर्वाचनका लागि आज फागुन २३ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने कार्यक्रम रहेको छ ।

विशेष