प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट, यस्ताे छ कारण
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा रिट परेको छ। संसद्को सपथ नलिई प्रधानमन्त्री बनेको भन्दै ओलीविरुद्ध रिट परेको हो । एमालेका अध्यक्ष समेत रहेका ओली फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए।
सांसदको रुपमा भने ओलीसहित सम्पूर्ण सांसदहरुले फागुन २० मा सपथ लिएका थिए। उनले त्यही दिन प्रधानमन्त्रीको लागि दाबी गरेका थिए र सपथ पनि लिएका थिए। प्रधानमन्त्री बनेपछि मात्रै उनी दलको नेतामा चयन भएका थिए।
सपथ नलिएको व्यक्तिलाई संसदले नचिन्ने र त्यस्ता व्यक्ति प्रधानमन्त्री बन्न नसक्ने भन्दै अधिवक्ता यज्ञमणि न्यौपानेले रिट दायर गरेका हुन्। रिटमाथि शुक्रबारका लागि पेशी तोकिएको छ।