"टिकापूर घटना राजनीतिक हाे, रेशम चौधरीको ज्यान जोखिममा"
काठमाडौं । २०७२ सालमा घटेको कैलालीको टिकापूर घट्ना नितान्तै राजनीतिक भएको पूर्व सभासद रुक्मणी चौधरीले दाबी गरेकी छन् ।
बुधबार रिपोर्टर्स क्लब नेपालमा थरुहट–थारुवान संयूक्त संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले उक्त दाबी गरेकी हुन् । उनले भनिन्, ‘टिकापूर घट्ना राजनीतिक थियो, आज त्यही आन्दोलनको नाममा कयन ब्यक्तिहरुलाई झुठा मुद्दा लगाएर जेलामा कोच्ने काम राज्यबाट भएको छ, हामी बुद्धका अनुयायी हौँ, हाम्रो संस्कारमा हिंसा भन्ने हुँदैन, रहस्यपूर्ण आन्दोनलनपछि हाम्रो समुदायमाथि राज्यले गरेको दुव्र्यबहारलाई हामीले धेरै सहदैनौं ।’
उनले थपिन् ,‘विगत चार दिनदेखि अनसनमा बसेका रेशम चौधरी लगायत सबैको ज्यान जोखिममा छ, सरकारले अनसन तोडाउने प्रयास गरोस् हाम्रा मागहरु पूरा गर्ने कष्ट गरोस् ।’
त्यस्तै संघर्ष समितिका केन्द्रीय सदस्य किशोर विश्वासले थारुलाई दासत्व र आन्तरिक उपनिवेशमा राखिएको आरोप लगाए ।
उनले भने,‘यो मुलुकमा हाम्रो कुनै अस्तित्व स्विकार गरिँदैन, हाम्रा मागहरुको बारेमा राज्य जहिले पनि निरिह छ, टिकापूर आन्दोलनको नाममा हाम्रो मुक्तिको आन्दोलनलाई कमजोर बनाउने कोसिस भयो, तर हामी किहिल्यै पनि पछि हट्दैनौं, हाम्रो आन्दोलन जारी छ, आत्मनिर्णयको अधिकारयूक्त थरुहट राज्य हाम्रो माग हो ।’
उनले थपे,‘वर्तमान संविधानले निर्धारणको गरेको ७ वटा प्रदेशको नामांकन र सीमाङकन हामीलाई चित्त बुझेको छैन्, यहाँ कानून हातमा लिएर कमजोर वर्ग र जातीमाथि प्रहार गर्ने गरिन्छ कदापि स्वीकार्य छैन् ।’
रेशमलाल चौधरी जनताको मतबाट आएको बताउँदै विश्वासले भने,‘हाम्रो देशमा ठूलालाई चैन सानालाई ऐन हुन्छ भन्थे हो रहेछ, अदालतबाट दोषी ठहर भएका र प्रहरीद्धारा ईन्टरपोलको नोटिस काटिएका नवराज सिलवाललाई पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले गाडीमा बोक्छन्, तर राजनीतिक आन्दोलनका आन्दोनकर्मी रेशमलाई जेल हाल्छन्, उनले त अदालतको आदेशलाई सिरोपर गरेर अदालतमा उभिए ।’