राष्ट्रपतिको उम्मेदवारी आजः भण्डारीकाे प्रधिस्पर्धी को ?
काठमाडाैं । राष्ट्रपति चयनका लागि अाज उम्मेदवारी मनोनयन हुँदैछ । फागुन २९ मा हुने निर्वाचनका लागि बुधबार बिहान १० देखि दिउँसो २ बजेसम्म मनोनयनको समय निर्धारण गरिएको छ ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मतदान केन्द्र तोकिएको छ । अब पाँच वर्षेकार्यकालका लागि राष्ट्रपति चयन हुन लागेको हो। नयाँ राष्ट्रपतिका लागि वाम गठबन्धनका तर्फबाट विद्यादेवी भण्डारीलाई नै अघि सारिसकेकाे छ ।
भण्डारीकाे प्रधिस्पर्धीका रूपमा कांग्रेसले मानबहादुर विश्वकर्मा वा लक्ष्मी राईमध्ये एक जनालाई अघि सार्ने सम्भावना रहेको बताइएको छ । दलित तथा जनजातिमध्यबाटै उम्मदेवार बनाएमा सकारात्मक सन्देश जाने भन्दै कांग्रेसले उनीहरूको नाम अघि सरेकाे छ ।
यसकाे अाैपचारिक निणर्य भने कांग्रेसले अाज गर्ने छ । विश्वकर्मा प्रतिनिधिसभाका सांसद हुन् भने राई पूर्वसांसद हुन् । चुनावी अंकगणितमा वाम गठबन्धनले उठाउने उम्मेदवार नै राष्ट्रपति बन्ने करिब सुनिश्चत छ।