समाज मुख्य समाचार

वास्तविक महिला श्रमिकलाई छुन सकेन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले

वास्तविक महिला श्रमिकलाई छुन सकेन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले

अछाम, फागुन २४ । आज १०८ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विभिन्न कार्यक्रम गरी मनाईरहँदा अछामका अधिकांश वास्तविक श्रमिक महिलालाई भने दिवसले छुन सकेन ।

 

मंगलसैन नगरपालिका–५ कि डम्बरा बिकले आफूलाई दिवस वारेमा कुनै थाहा नभएको बताईन् । बिहिबार बिहानैदेखि जिल्ला अस्पताल नजिक एक घर निर्माणमा मज्दुरी काम गर्दै आएकी डम्वराले श्रमिक महिला दिवस बारे अनभिज्ञता व्यक्त गरिन् ।

 

भारतमा नोकरी गर्ने पतिले कमाएको पैसाले छोराछोरी पाल्न नपुग्ने भएपछि आफू दैनिक मजदुरी गरि खर्च जुटाउने गरेको डम्बराले बताईन् । डम्वरासँगै मजदुरी काम गरिरहेकी मंगलसैन–५ कि एकल महिला ठम्वरा बिकलगायत १२ श्रमिक महिलालाई पनि अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको बारेमा थाहा छैन ।

 

महिलाको हक अधिकार स्थापित भएको उपलक्षमा हरेक बर्ष मार्च ८ तारिखका दिन मनाईने अन्तर्राष्ट्रिय श्रमिक महिला जसका लागि मनाइएको तिनीहरु मध्ये अधिकांशलाई थाहा नभएको पाइन्छ । केहि महिलाले सार्वजनिक रुपमा कार्यक्रम मनाइरहँदा वास्तविक श्रमिक महिला भने सदरमुकाम मंगलसैनका बिभिन्न ठाउँमा घर निर्माणदेखि गिट्टी कुट्ने जस्ता काममा व्यस्त देखिन्छन् ।

 

मजदुरी काममा संलग्न श्रमिक महिलाले पुरुषहरुको जत्तिकै काम गरे पनि ज्याला भने पुरुष सरह नपाएको गुनासो गरेका छन् । दिनेश खबरबाट

विशेष