राजनीति मुख्य समाचार

सभामुखमा महरा निश्‍चित

सभामुखमा महरा निश्‍चित

काठमाडौं । नेकपा माओवादी केन्द्रले सभामुखमा कृष्णबहादुर महरालाई अघि सार्ने निश्‍चित भएको छ। एमाले र माओवादीबीच भएको भागवण्डा अनुसार माओवादीको भागमा परेको सभामुख पदमा महरालाई उम्मेदवार बनाउने निश्चित भएको हो।

 

बुधबार र बिहीबार माओवादीका शीर्ष नेताहरुबीच भएको अनऔपचारिक छलफलले महरालाई सभामुख बनाउने निष्कर्षमा पुगेका हुन्। औपचारिक निर्णय भने बिहीबार राति वा शुक्रबार बिहानसम्म हुने स्रोतले बतायो।

 

माओवादी स्रोतले भन्यो, ‘महरा जीलाई सभामुखमा उठाउने निश्चित भएको छ। औपचारिक निर्णय हुन बाँकी छ।’ शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म सभामुख पदका लागि उम्मेदवारी दर्ता गराउने कार्यतालिका संसद सचिवालयले सार्वजनिक गरेको छ।

 

शुक्रबार साढे १ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर शनिबार १ बजे संसदमा सभामुख चयनका लागि मतदान हुनेछ । कृष्णबहादुर महरा माओवादीमा सबैभन्दा धेरै अवसर पाउने मध्येका एक नेता हुन्।

 

उनी पटक पटक मन्त्री र उपप्रधानमन्त्री भइसको छन्। माओवादीमा सभामुखका लागि गिरिराजमणि पोखरेल, पूर्वसभामुख ओनसरी घर्तीको नामसमेत चर्चामा रहेन पनि अन्तत नेताहरु महरालाई नै सभामुख बनाउने निचोडमा पुगेका हुन्।

 

काठमाडौंमा सभामुख चयनका लागि आन्तरिक छलफल चलिरहँदा पोखरेल भने बिहीबार आफ्नो निर्वाचन क्षेत्र महोत्तरी पुगेका छन्।एकीकरणको प्रक्रियामा रहेका दुई पार्टीबीच राष्ट्रपति, प्रधानमन्त्री, उपसभामुख, राष्ट्रियसभाको अध्यक्ष एमालेले लिने र उपराष्ट्रपति, सभामुख र राष्ट्रियसभाको उपाध्यक्ष माओवादीले लिने सहमति भएको छ।

 

सहमति अनुसार केपी ओली प्रधानमन्त्री बनिसकेका छन् भने राष्ट्रपतिमा विद्याभण्डारीको मनोनयन भइसकेको छ।

 

विशेष