एकिकृत संगठन कै नेतृत्व लिन आफु सक्षम छु: अनेरास्ववियु महासचिव महर
काठमाडौं । अनेरास्ववियुका अध्यक्ष नवीना लामा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि संगठनको पुनर्गठन गरिने भएको छ ।
एमाले निकट विद्यार्थी संगठनका अध्यक्ष नबिना लामा समानुपातिक तर्फबाट प्रतिनिधि सभाको सांसद बनेपछि संगठन पुनर्गठन हुन लागेको हो ।
को बन्ला त अब अध्यक्ष ?
वर्तमान अनेरास्ववियुका महासचिव ऐन महर अनेरास्ववियुको अध्यक्ष बन्ने निश्चित देखिएको छ ।
लामो समयदेखि अनेरास्ववियुलाई कुशल लिडिङ् गर्दै आएका महर प्रधानमन्त्री केपी शर्मा ओली निकट पनि हुन् । एक नेताका अनुसार प्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीले विद्यार्थी फाँट इन्चार्ज रबिन्द्र अधिकारीलाई ऐन महरलाई अध्यक्ष बनाउन निर्देशन दिईसकेका छन् ।
केही दिन अघिमात्र महासचिव महरले अनेरास्ववियु आर.आर. क्याम्पस कमिटीमा मनोनित सदस्यको सपथ ग्रहण तथा अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दैे आफु अध्यक्ष पद सम्हाल्न तयार भईसकेको जनाईसकेका छन् ।
‘नेपाल कम्युनिष्ट पार्टीको एकताका कारणले यसका भातृ संगठनको पनि एकता गर्नुपर्ने विशेष परिस्थितिमा हालको अनेरास्ववियु रहेकोे र यसको नेतृत्वमा को आउने भन्ने कुराले सरगर्मी बढेको छ, साथै संगठनका अध्यक्ष नविना लामा सांसद भईसकेकाले अब अनेरास्ववियुमा नयाँ नेतृत्व आउने र आगामी दिनमा अनेरास्ववियुको मात्र नभई एकिकृत संगठन कै नेतृत्व लिन आफु सक्षम छु,’ उनले भने ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्वियु) का महासचिव ऐन महरले कम्युनिष्ट शासनका कामलाई जनताले प्रत्यक्ष महशुस गर्ने गरि सम्पन्न गराउन अनेरास्ववियुको मुख्य जिम्मेवारी रहेको बताएका छन् ।
महर उपाध्यक्ष पदको समेत राम्रो अनुभव सम्हालेका उम्मेद्वार भएकाले उनको नेतृत्व अहिले अनेरास्ववियुलाई पक्कै पनि आवश्यक छ ।
महरसँग लड्न अहिले चारवटै उपाध्यक्षहरु सुनिता बराल, महेश बर्तौला र रश्मि आचार्य भएपनि महर अनेस्ववियुका एक हस्ती हुन् ।
अनेरास्ववियु आर आर क्याम्पस कमिटीको गएको आईतबार अर्थात फागुन २० गते बसेको पुर्ण बैठकले ४३ जनालाई कमिटीको सदस्यमा मनोनित गरेको थियो ।
के छ योगदान महरको ?
ऐन महरल अनेरास्ववियुका लागि एक योग्य उम्मेदवार हुन् । विद्यार्थी संगठनका लागि अनगिन्ती योगदान गरिसकेका र गर्ने व्यक्तिका रुपमा उनलाई लिइन्छ ।
संगठनभित्रका असहमतिका बावजुत उपाध्यक्ष पदबाट महासचिवमा खुम्चिएका महर पटकपटक प्रहरी दमनले घाइते समेत भएका थिए ।
महरले शैक्षिक क्षेत्रको सुधारका लागि आफ्नो आहुति दिदै आएका छन् । शैक्षिक क्षेत्रमा देखिएका विभिन्न बाधा अड्चन फुकाउन सदैव आफु र अनेरास्ववियुलाइ समर्पित गरे ।
वेला वेला देखिने महँगी विरुद्ध, यातायात साधनहरुमा विद्यार्थीहरुलाई छुट जस्ता विद्यार्थीलाई सहज हुने वातावरणका निमित्त उनले आवाज उठाए ।
महासचिव महरले शंकरदेव देव, त्रिचन्द्र, पब्लिक युथ लगाएतका नेबिसंघको दबदबा भएको क्याम्पसहरुमा समेत अनेरास्ववियुलाई बलियो शक्ति समेत बनाएका थिए । महरको उपस्थितमा इिः नर्सिङ, पिपुल्स क्याम्पस लगाएत क्याम्पसहरुमा पहिलो पटक अनेरास्ववियुले स्ववियु प्यानले नै हात पार्न सफल भयो ।