माअाेवादी मुख्य सचेतकमा देव गुरूङ
काठमाडौं । माओवादी केन्द्रले सांसद् देव गुरुङलाई प्रमुख सचेतक बनाएको छ ।
गुरुङ सभामुखको दाबेदार थिए । तर, कृष्णबहादुर महरालाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेपछि माओवादीले गुरुङलाई प्रमुख सचेतक बनाएको हो ।
गुरुङ पूर्वकानुनमन्त्री हुन् ।
माओवादीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई यसअघि नै चयन गरिसकेको छ । उपनेता, सचेतकबारे भने निर्णय हुन बाँकी छ ।