राजनीति मुख्य समाचार

राष्ट्रियसभामा मनोनित तीन सदस्यले लिए शपथ

राष्ट्रियसभामा मनोनित तीन सदस्यले लिए शपथ

काठमाडौं । राष्ट्रियसभामा मनोनित तीनजना सदस्यले आज शपथ लिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभामा मनोनित गरेका डा. युवराज खतिवडा, रामनारायण बिडारी र डा. विमला पौडेल राईले आज शपथ लिएका हुन् ।

 

राष्ट्रियसभाकी ज्येष्ठ सदस्य तारादेवी भट्टले उनीहरुलाई शपथ गराएकी हुन् । शपथसँगै उनीहरुले राष्ट्रपतिको निर्वाचनमा मतदान गर्न पाउनेछन्  । निर्वाचन कार्यालयले राष्ट्रपतिको निर्वाचन प्रयोजनका लागि यसअघि नै मतदाता नामावली सार्वजनिक गरिसकेको छ। 

 

तीनैजनाको शपथग्रहण रोक्न परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि शपथग्रहणको बाटो खुलेको हो । शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभामा सिफारिस गरेको नाम थन्क्याएर नयाँ सरकारले गरेको सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

विशेष