राजनीति मुख्य समाचार

मुलुककाे समृद्धिका लागि सबै राजनीतिक दल एक हुनुपर्छ : रक्षामन्त्री पोखरेल

मुलुककाे समृद्धिका लागि सबै राजनीतिक दल एक हुनुपर्छ : रक्षामन्त्री पोखरेल

काठमाडौं । रक्षामन्त्री ईश्वर पोखरेलले सरकार मुलुकको आर्थिक समृद्धिमा केन्द्रित भएको बताएका छन् ।

 

शुक्रबार ललितपुरमा आयोजित निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन)को १२ औँ राष्ट्रिय साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पोखरेलले मुलुकको आर्थिक विकास र समृद्धिमा केन्द्रित हुन सबै राजनीतिक दलहरुलाई आह्वान पनि गरका हुन् ।

 

उनले प्याब्सनले मुलुकको शैक्षिक क्षेत्रको विकासमा योगदान दिएको उल्लेख गर्दै अब मुलुकलाई समृद्ध बनाउने राष्ट्रिय कार्यभार पूरा गर्ने योजना तय गर्न पनि सुझाव दिए ।

 

रक्षामन्त्री पोखरेलले राजनीतिक संक्रमणकाल सकिएकाले अब सबैले मुलुकको आर्थिक विकासलाई मूल एजेन्डा बनाएर अघि बढ्नुको विकल्प नरहेको बताए ।

विशेष