सभामुखमा महरा निर्विरोध निर्वाचित
काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा निर्विरोध निर्वाचित भएका छन्। संसद सचिवालयका अनुसार सभामुखमा महराको मात्रै उम्मेदवारी परेको छ। सभामुखमा महराको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्।
सभामुख निर्वाचित भएको औपचारिक घोषणा भोली शनिबार हुने संसद सचिवालयले जनाएको छ। दाङ क्षेत्र -२ बाट निर्वाचित महरा पटक पटक मन्त्री भइसकेका छन्। महराको प्रस्तावकमा पूर्वसभामुख सुवास नेम्वाङ र समर्थकमा माओवादी प्रमुख सचेतक देव गुरुङ थिए ।