राजनीति मुख्य समाचार

प्रदेश ४ मुख्यमन्त्री गुरुङलाई विश्‍वासको मत

प्रदेश ४ मुख्यमन्त्री गुरुङलाई विश्‍वासको मत

कास्की । प्रदेश नं ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अाज विश्वासको मत प्राप्त गरेका छन् । दिउँसो एक बजे बसेको प्रदेश सभाको बैठकबाट गुरुङले विश्वासको मत प्राप्त गरेका हुन्।

 

सत्तारुढ एमाले र माओवादी केन्द्रसँगै राष्ट्रिय जनमोर्चाकाे समर्थन उनको पक्षमा ४१ अर्थात दुई तिहाई मत परेको छ भने विपक्षमा कांग्रेस १५ र नयाँ शक्तिको गरी १७ मत परेको थियो ।

 

संविधानको धारा १६८ को उपधारा ४ बमोजिम मुख्यमन्त्री नियुक्त भएको मितिले ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

 

माघ २८ गते एमाले संसदीय दलको नेताका रुपमा निर्वाचित गुरुङले २९ गते प्रदेश प्रमुख बाबुराम कुँवरबाट मुख्यमन्त्री पदको नियुक्ति लिएका थिए ।

 

गुरुङले विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री विरुद्ध २ वर्षसम्म अविश्वासको प्रस्ताव लैजान नमिल्ने संवैधानिक व्यवस्था रहेको छ।

विशेष