मुख्य समाचार देश

भारतीय सुरक्षाकर्मीबाट सधैंको त्रास , सीमा क्षेत्रमा आउजाउ गर्नै समस्या

भारतीय सुरक्षाकर्मीबाट सधैंको त्रास , सीमा क्षेत्रमा आउजाउ गर्नै समस्या

कञ्चनपुर । सीमा क्षेत्रमा पर्ने कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकभरका पुरन सुनारले दुई वर्षअघि आफ्नो घरको आँगनमा आँपको बिरुवा रोपे ।

 

उक्त बिरुवा दशगजामा रोपेको भन्दे भारतीय सुरक्षाकर्मी घरमै पुगेर पुरनलाई धम्काउन थाले । दिनहुँको धम्की र त्रासपछि स्थानीयले छलफल गरी बिरुवा हटाउने सहमति भयो ।

 

तर पुरनलाई भने सीमा क्षेत्रमा आउजाउ गर्न समस्या हुन थाल्यो । उनले २/३ महिना सीमावर्ती बजार जानै बन्द गरे । गत वर्ष सोही ठाउँमा एक युवतीमाथि हातपात गर्ने भारतीय नागरिकलाई स्थानीयले निण्न्त्रणमा लिएर प्रहरीलाई बुझाए ।



त्यतिबेला पनि भारतीय गुण्डाहरूको समूह आएर कुतियाकभरवासीलाई कुटपिट गर्‍यो । २/३ जना घाइते पनि भए । खाद्यान्नदेखि औषधि उपचार सबैका लागि सीमावर्ती बजारमा निर्भर यहाँका बासिन्दालाई एसएसबीले समेत आउजाउमा कडाइ गरे ।

 

उक्त घटना पनि दुवै पक्ष बसेर मिलाए । दोधारा चाँदनी (महाकाली नगरपालिका) क्षेत्रको समेत टापुका रूपमा रहेको कुतियाकभरमा यस्ता घटना भई नै रहन्छन् । हतियारसहित भारतीय सुरक्षाकर्मी बस्तीमै पस्ने गरेको स्थानीय बताउँछन् । याे खबर अाजकाे कान्तिपुर दैनिकमा छ ।

विशेष