मुख्य समाचार राजनीति

प्रदेश सांसद्का लागि मासिक रु ४५ हजार तलब प्रस्ताव

प्रदेश सांसद्का लागि मासिक रु ४५ हजार तलब प्रस्ताव

कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले प्रदेश सांसद्हरुलाई मासिक रु. ४५ हजार तलब सहितको प्रस्ताव सात वटै प्रदेशमा पठाएको छ ।

 


मन्त्रालयले प्रदेशसभा सदस्यको पारिश्रमिक तथा सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पठाएको हो । उक्त विधेयकलाई प्रदेशसभाले स्वीकृत गरी लागू गर्न सक्नेछन् ।

 


पठाइएको विधेयकमा सभामुख, उपसभामुख, समिति सभापति, सत्ता पक्ष र विपक्षी दलका सचेतक, प्रदेश सदस्यको पारिश्रमिक र सुविधाको प्रस्ताव तोकिएको छ ।

 


प्रदेश सभामुखको मासिक रु ५३ हजार, उपसभामुखको रु ५० हजार तथा समिति सभापति र सचेतकको रु ४८ हजार रहने प्रस्ताव गरिएको छ । त्यस्तै, प्रदेशसभाका सदस्यको रु ४५ हजार पारिश्रमिक प्रस्ताव गरिएको छ ।

 


यसअघि मन्त्रालयले मुख्यमन्त्रीको रु ६० हजार ९७०, मन्त्रीको रु ५२ हजार, राज्यमन्त्रीको रु ४९ हजार र सहायकमन्त्रीको रु ४७ हजार सुविधा सहितको प्रस्ताव प्रदेश सभामा पठाइसकेको छ ।

प्रदेश सांसद् तलब प्रस्ताव

विशेष