राजनीति

लालबाबु पण्डितको पछिपछि ‘डन’ लागेपछि...

‘डन’को घेराबन्दीमा लालबाबु

लालबाबु पण्डितको पछिपछि ‘डन’ लागेपछि...

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले कार्यकौशल देखाएको भन्दै आफ्नो दोस्रो कार्यकालमा पनि प्रशंसा पाएकै छन् ।

 

अघिल्लो पटक मन्त्री छँदा डिभी–पिआर प्रकरणबाट प्रशंसा पाएका पण्डित यसपटक कर्मचारी व्यवस्थापन तथा स्वेच्छिक अवकास रोकेर चर्चा पाए ।

 

त्यसो त, अति सामान्य जीवनशैलीका मन्त्रि पण्डित सरल स्वभावका र भद्र नेताको छवि बनाएका छन् । उनको पार्टी नेकपा एमालेमा पनि उनी इमानदार नेताको रुपमा चिनिदैआएका छन् ।

 

तर उनै असल नेताको पछि पछि उनकै विवादित कार्यकर्ताको घुइँचो लाग्यो भने असोभनीय लाग्छ नै । वीराटनगरमा मंगलबार यस्तै देखियो । त्यहाँ भएको एक कार्यक्रममा पण्डितको छेउमै थिए एमालेका एक विवादित कार्यकर्ता परशुराम बस्नेत ।

 

पेशाले ठेकेदार बस्नेत देशभर ‘डन’को रुपमा चिनिन्छन् । त्यसो त, पत्रकारलाई आक्रमण गरेपछि थप विवादित बनेका उनीविरद्ध केही मुद्दा समेत छन् । केपी ओली पार्टी अध्यक्ष बनेपछि नै उनै बस्नेतको नाम जोडेर केपी ओलीको समेत आलोचना भयो ।

 

अहिले इमानदार नेता भनी चिनिएका पण्डितको छेउमै उभिएर उनै बस्नेतले माला लगाइदिँदा एमालेमै माधव नेपाल निकट कार्यकर्ताहरु रुष्ट बनेका छन् । अखिलमा कार्यरत केही कार्यकर्ताले त बस्नेत जस्तो विवादित छविका कार्यकर्तालाई पण्डितले पन्छाउनुपर्ने भन्दै सुझाव समेत दिन थालेका छन् ।

 

पण्डित आफैँ खराब नभए पनि खराब व्यक्तिको घेरामा परे भने उनी पनि स्वतः खराब बन्ने सम्भावना बढ्ने भन्दै तिनले आलोचना गर्न थालेका छन् ।
 

लालबाबु पण्डित आक्रमण परशुराम बस्नेत

विशेष